,रौतहट ३ साउन ।
कोरोना महामारीको कारण बन्द रहेको रौतहटका विद्यालय सञ्चालन गर्न सुझाव सहित गौर नगरपालिकामा प्याब्सन रौतहटले ध्यानाकर्षण पत्र बुझाएको छ ।
कोरोना भाईरसका कारण भएको समस्यालाई सामाधानका लागि पटक पटक नेपाल सरकारलाई प्याब्सनद्धारा आग्रह गरे पनि कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि बिद्यालयका गतिविधिहरु सञ्चालन गर्न गौर नगर कमिटीले आज गौर नगर पालिकाका मेयर अजय कुमार गुप्तालाई ज्ञापन पत्र बुझाएको हो ।
गौर नगर कमिटीका नगर अध्यक्ष मुन्ना पटेलद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्र कोरोना भाईरसका कारण प्रभावित पठनपाठनलाई सुचारु गर्न, नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरी पाठ्यपुस्तक लगायत शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्न ज्ञापन पत्र बुझाइएको हो ।
अनलाईन कक्षा बैकल्पीक शिक्षण पद्धति मात्र भएको, र नेपाली समाजमा अहिले अनलाईन कक्षा पहुँचबाट धेरै विद्यार्थीहरु बन्चित रहेका कारण आवश्यक पूर्वाधार व्यवस्था तथा जोर विजोर वा आलोपालो गरी कक्षा संचालन गरी विद्यार्थीहरुको पठनपाठन गर्ने व्यवस्था मिलाउन प्याब्सन ले माग गरेको छ ।
कतिपय विद्यालय विदेशबाट आएको नेपाली नागरिकका लागी क्वारेटिन बनाउन प्रयोग भएकोले सो स्थानमा स्थानान्तरण गरी निर्मलीकरणको व्यवस्था गर्न तथा शैक्षिक सत्रको बिदाहरु कटौती गर्दै बढी दिन सम्म विद्यालयका कक्षाहरु संचालन हुने गरी क्यालेण्डर निर्माण गर्न समेत प्याब्सनले आग्रह गरेको छ ।
केन्द्रीय कार्यक्रम अनुसार शुक्रबार प्याब्सनले देश भरिका पालिकाहरुमा ज्ञापन पत्र बुझाएको रौतहट प्याब्सनका अध्यक्ष विरेन्द्र ठाकुरले बताए ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
- प्रतिक्रिया
- Facebook Comments