,रौतहट १४ भाद्र ।
इलाका प्रहरी कार्यालय गरुडाका दोषी प्रहरीलाई कारवाहीको माग गर्दै पूर्वमन्त्री विश्वेन्द्र पासवानसहित दर्जनौं व्यतिmहरुले इलाका प्रहरी कार्यालय गरुडाका अगाडि आइतबार पनि धर्ना जारी दिएका छन् । आज दोस्रो दिन ईलाका प्रहरी कार्यालय गरुडाका मुलगेटमा धर्नामा वसेका छन । गरुडा–८ जिंगडिया गाउँका २२ वर्षीय निरञ्जन रामको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले पक्राउ गरेका ७ जनामध्ये विजय राम महराको स्वास्थ्य अवस्था बिग्रे पछि बिरगंज नेशनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीद्धारा दिएको यातनाका कारण गरुडा नगरपालिका– ८ का १९ वर्षीय विजयराम महराको मृत्यु भएको भन्दै प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतो लगायतका दोषी प्रहरीलाई निलम्बन तथा कारवाईको माग गर्दै शनिबार देखि नै पूर्वमन्त्री पासवान सहित स्थानीयबासीले धर्नामा वसेका हुन ् ।घटनाको छानविन गर्न गृह मन्त्रालयको निर्देशनमा उपसचिवको संयोजकत्वमा तीन सदस्यीय टोली गठन भएको छ । टोलीले आइतबारबाटै घटनाको स्थलगत छानबिन गरी १५ दिन भित्र प्रतिवेदन बुझाउने जिप्रकाबाट थाहा भएको छ ।ईलाका प्रहरी कार्यालय गरुडाका तत्कालीन प्रहरी नायव उपरिक्षक ज्ञानकुमार महतोलाई शनिवार प्रदेश कार्यालय तानिएको छ ।
Trending
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- एक लाख अर्सड्ठ्ठी हजार आठ सय वरावरको समान भन्सार चलान
- पाँच वर्षदेखि सिक्रीमा बाँधिएका मनोरोगी चौधरीलाई उपचार र स्याहारका लागि उद्धार
पहिलाको
- प्रतिक्रिया
- Facebook Comments