Take a fresh look at your lifestyle.
npa 9 suchana

धारिलो हतियारको प्रहारले महिलाको उपचार क्रममा मृत्यु

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १० असोज ।
धारिलो हतियारको प्रहारले देवाही गोनाही नगर पालिका ५ निवासी महिलाको उपचार क्रममा मृत्यु भएको छ ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ५ टिकुलिया टोल निवासी महेश तिवारीको श्रीमति जगरानी देवीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
महेश तिवारी र उनको श्रीमती आफ्नै घर अगाडी बसिरहेको अवस्थामा गाउँकै केही ब्यक्तिले धारिलो हतियार प्रहार गरेको थियो ।
धारिलो हतियारको प्रहारले तिवारी र उनको श्रीमती गम्भीर घाईते भएका थिए । घाईते दुवैको बिरगंज न्युरो अस्पतालमा उपचार भइ रहेको अवस्थामा श्रीमति जगरानी देवी की मृत्यु भएको जिप्रका रौतहटका प्रहरी नायव उपरिक्षक भरत श्र्ेष्ठ बताए । तिवारीको श्रीमतीको आज उपचारको क्रममा बिहान १ बजे मृत्यु भएको छ ।
धारिलो हतियार प्रहार गर्ने आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी रहेको जिप्रका रौतहटका डिएसपी भरत श्रेष्ठले बताए । पक्राउ पर्नेमा अच्छे लाल मुखिया र बली मुखिया रहेका छन । अन्य दोषीलाई खोजी कार्य भइ रहेको जिप्रकाले जनाएको छ । पूर्व रिसिवीका कारण धारिलो हतियार प्रहार गरेको बुझिएको छ ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.