

, रौतहट २२ पुस ।
स्काभेटरमा आगो लगाई आपराधिक उपद्रव सम्बन्धी कसूर मुद्दामा वारदात पश्चात फरार रहेका प्रतिवादी रुस्तम लहेरीकोलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला दोलखा मेलुङग गा.वि.स. वडा नं.५ हाल मेलुङग गाउँपालिका वडा नं.७ वस्ने सुमन खड्का समेतको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला रौतहट गुजरा नगरपालिका वडा नं.६ वस्ने भोजु लहेरीको छोरा अं.वर्ष २८ को रुस्तम लहेरी समेत भएको सिचाई निर्माण कार्यको लागि मिति २०७६।०१।२६ अं.२३ः४० बजेको समयमा खतवयिया टोलमा रोकी राखेको स्काभेटरमा आगो लगाई आपराधिक उपद्रव सम्बन्धी कसूर मुद्दामा वारदातमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिवादी रुस्तम लहेरीेलाई जिप्रकाबाट खोज तलास भईरहेकै क्रममा मगलवार आज अं.१२ः०० बजेको समयमा गुजरा नगरपालिका वडा नं.६ सडकमा निज प्रतिवादी लहेरीलाई फेला पारीएको जिप्रकाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयमा दाखिला गरेको हुँदा निजलाई आजै सम्मानित अदालतमा आवश्यक कारवाहीको लागि मगलवार नै पेश गरिएको बताइएको छ ।