

सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै गौरमा प्रदर्शन
रौतहट१३ साउन । सुनसरीमा बोलबम यात्राका क्रममा भएको घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय दिलाउनुपर्ने माग गर्दै रौतहटको सदरमुकाम गौरमा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले “जय श्रीराम” लगायतका नारा लगाउँदै शान्तिपूर्ण रूपमा र्याली निकालेका थिए। उनीहरूले सत्यतथ्य बाहिर ल्याई दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई न्याय दिलाउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनकारीहरूले लोकतान्त्रिक अधिकारको प्रयोग गर्दै न्याय, सत्य र कानुनी शासनको पक्षमा आवाज उठाएका थिए। उनीहरूले घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको स्थानीयले बताएका छन्।


