Take a fresh look at your lifestyle.
npa 9 suchana

फोहोरको थुप्रोमा भेटिएको शिशुलाई महिला प्रहरीले गराइन् स्तनपान

gadhimai nagar palika ko suchana
suchana gadhimai

यमुनामाई गाउँ पालिकाको सुचना

जेठ,२३   नयाँदिल्ली । फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराइ ज्यान बचाएपछि दक्षिण भारतको कर्नाटकमा एक महिला प्रहरीको सबैले प्रशंसा गरेका छन् ।

‘मैले त्यो देख्नै सकिनँ,’ उनले भनिन्, ‘मलाई मेरै बच्चा रोइरहेको जस्तो लाग्यो र बच्चालाई दूध चुसाएँ ।’

राजधानी बैंगलोरको एक निर्माण क्षेत्रमा फोहोरको थुप्रोमा उक्त बच्चालाई देखेपछि नजिकैका एक पसलेले प्रहरीलाई खबर गरेका थिए ।
शिशुलाई स्थानीयबासीले सरकारी नाम दिएका छन् । स्थानीयहरुले उक्त शिशुको नाम कर्नाटकका मुख्यमन्त्री कुमारास्वामीको नामबाट ‘सानो कुमारास्वामी’ राखेका हुन् ।

महिला प्रहरीको नाम अर्चना भएको जनाइएको छ । बीबीसीसँगको कुराकानीमा अर्चनाले भर्खरै छोरा जन्माएको र उक्त नवजात शिशुलाई पहिलोपटक देख्दा नै आफ्नै बच्चाजस्तै लागेकाले स्तनपान गराएको बताएकी छन् ।

बच्चाको जीवन रक्षा गरेको भन्दै सहकर्मीहरुले उनको प्रशंसा गरेका छन् ।

प्रहरी अधिकारी नगेश आरका अनुसार शिशुलाई शहरको बाहिरी इलाकाको फोहोरको थुप्रोमा बेवारिसे भटेपछि उनीहरुले नजिकैको अस्पतालमा लगेका थिए ।

शिशुलाई बालगृहको जिम्मामा दिइएको र कसले त्यसरी छाडेर गयो भनेर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

 

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.