,रौतहट २४ भाद्र ।
मधेश पत्रकार महासंघको जिल्ला कार्य समिति रौतहटको तदर्थ समिति गठन भएको छ । मधेश पत्रकार महासंघ केन्द्रीय कार्यालय जनकपुरको आयोजनामा भएको भेलाबाट दिनेश यादव संगमको नेतृत्वमा १७ सदस्य जिल्ला तदर्थ समिति चयन गरेको हो ।
केन्द्रीय अध्यक्ष बृज किशोर यादवको विशेष उपस्थिति तथा नेपाल पत्रकार महासंघको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता , नेपाल फोटो पत्रकार संघ रौतहटको अध्यक्ष प्रभात झाको सहभागितामा गठन भएको तदर्थ समितिको उपाध्यक्ष राकेश कुमार यादव , चंचल कुमार झा , सचिव अजित कर्ण ,सह सचिवमा मंजू कुमारी साह , कोषाध्यक्षमा विजय पटेल , सदस्यमा रामविश्वास मुखिया , विश्वनाथ राम , अमित ठाकुर , हरेन्द्र साह , संजीव झा , पपू झा , दिलीप पाण्ंडेय , जीतन यादव , राहुल पांण्डेय ,रिंकू कुमारी रहेका छन ।
सल्लाहकार समितिमा किशोरी यादव , नन्दभुषण श्रीवास्तव , धर्मेन्द्र साह सर्व सहमतिबाट चयन भएको महासंघका केन्द्रीय महासचिव अनिल तिवारीले जानकारी गराएका छन । भेलामा महासंघका केन्द्रीय उपाध्यक्ष रामपुकार पटेल लगायतका पदाधिकारी उपस्थिति रहेको थियो ।
Trending
- सुन चाँदीका गर गहना खरिद विक्रीमा अहिले ब्यापक रुपमा ठगी
- अनुशासित भएर पत्रकारिता गर्न आग्रह– मधेश प्रदेश सदस्य झा
- २०० किलो माछा नष्ट
- राजर्षीजनक विश्वविद्यालय अन्तर्गत पंडित मंगलकुमार उपाध्याय बहुमुखी क्याम्पसको मंगलवार उदघाटन
- गरुडा नगर पालिकामा अहिले कमिशन लिई धमाधम भुक्तानी
- गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
- पन्द्रह दिनमा २४ लाख ६० हजार ३०९ रुपैयाँ को वरावर समान भन्सार चलान
- बस दुर्घटना हुँदा एक किशोरीको मृत्य, १२ जना यात्रु घाइते
- सवारी नियम उल्लंघन गर्नेलाई कारवाही
- आफ्नै बहिनीलाई कर्तव्य गरी मारेको दाजु पक्राउ“
- प्रतिक्रिया
- Facebook Comments