Take a fresh look at your lifestyle.
npa 9 suchana

दुई पछि दुई वालिकाको शव फेला

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट १० भाद्र ।
गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल निवासीका तीन जना बालिका वागमती नदीमा वेपता भए पछि खोजतलासको क्रममा शव फेला परेको छ । दुई पछि माधवनारायण नगरपालिका वडा नं. ८ बाग्मती खोलाको किनारमा वर्ष १२ की सुसिता कुमारी दासको शव फेला परेको छ भने राजदेवी नगरपालिका वडा नं. ९ ब्रम्हपुरी नजिक बाग्मती खोलाको पुर्वपट्टी किनारमा वर्ष १० की चन्चल कुमारी मुखियाको मृत शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गत आइतवार १० वजेको समयमा गढीमाई नगरपालिका वडा नं. ७ धर्मपुर टोल वस्ने भदै मुखियाको छोरी अं. वर्ष १० की पिंकु कुमारी मुखिया, लक्षुमण दासको छोरी अं. वर्ष १२ की सुसिता कुमारी दास र छट्टु मुखियाको छोरी अं. वर्ष १० की चन्चल कुमारी मुखिया बागमती खोलामा नुहाउन गएकोमा तिनै जना खोलामा बेपत्ता भएको भनि खबर प्राप्त हुना साथ प्रहरी चौकी धर्मपुर र ई.प्र.का.समनपुरवाट प्र.ना.नि.को कमाण्डमा टोली खटि गई स्थानीयको सहयोगमा खोजतलास कार्य भईरहेको अवस्थामा सोही दिन १४ः४५ बजेको समयमा पिंकु कुमारी मुखियाको सव सोही स्थानमा मृत अवस्थमा फेला परेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.