Take a fresh look at your lifestyle.
npa 9 suchana

अठ्ठाईस लाख एकाउन्न हजार नौ सय साठ्ठी सहित मानिस लाई पक्राउ

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट ११ भाद्र ।
श्रोत नखुलेको नेपाली रुपैया अठ्ठाईस लाख एकाउन्न हजार नौ सय साठ्ठी सहित मानिस लाई सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटि गएको टोली पक्राउ गरेको छ ।
आज विहीवार विहान ७ः१५ वजेको समयमा ईशनाथ नगरपालिका ९ लवतनाटोल नजिक भारतबाट नेपालतर्फ द्यच्घण्ल्ढछडण् नम्बरको मोटरसाईकलमा आउदै गरेको राजपुर नगरपालिका ९ बैरिया बस्ने शिवनाथ साहको छोरा बर्ष २० को दिलिप कुमार साहलाई चेकजाँच गर्ने क्रममा सो रकम वरामद भएको शसस्त्र प्रहरी वल नेपाल न ११ गण रौतहटका सशस्त्र प्रहरी उपरीक्षक सूर्य बहादुर सेन ओलीले बताएका छन ।
सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट सशस्त्र प्रहरी उपरीक्षक ओलीको कमाण्डमा खटिई गएको अनुगमन टोलीले चेकजाँच गर्ने क्रममा नगद रुपैया¸ व्यक्ति¸ मोटरसाईकल र मोबाईल सहित नियन्त्रणमा लिएको बताइएको छ । आवश्यक कारबाहीको लागि गौर भन्सार कार्यालयमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक ओलीले बताए ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.