Take a fresh look at your lifestyle.
npa 9 suchana

छाया नेपालद्धारा आइसोलेसन सेन्टरलाई सहयोग

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट २८ भाद्र ।
जिल्ला अस्पताल गौरले संचालन गरेको कोरोना आइसोलेसन सेन्टरमा छाया नेपालले विभिन्न सामग्री सहयोग गरेको छ ।
आइतवार विहान करिव ११ वजेको समयमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत किरण निधि तिवारी र प्रशासन शाखाका राम नरेश साहलाई छाया नेपालका प्रतिनिधि राजेश शाहले मास्क , स्यानीटाईजर, दन्त मन्जन, झुल, ब्रश, बाल्टिन आइसोलेसनका लागी हस्तान्त्ररण गरेका छन ।
१ हजार ५ सय मास्क, १ सय ५० वटा ह्यान्ड स्यानीटाईजर, ३ सय ५० वटा दन्त मन्जन, ३ सय ५० वाट झुल , ३ सय ५० वटा दाँत माझ्ने ब्रश र २५ वटा बाल्टिन आइसोलेसनमा प्रयोगका लागी जिप्रकाका प्रशासकीय अधिकृत निधिलाई हस्तान्त्ररण गरेको छाया नेपालका प्रतिनिधि राजेश शाहले बताएका छन ।
यसै गरी लकडाउनको अवधिमा छाया नेपालले १० जिल्लाका २० स्वास्थ्य संस्था र आइसोलेसन सेन्टरहरुमा ७ हजार ५सय वटा मास्क, १ हजार १५० वटा पीपीइ सेट, ७५ वटा पेसेन्ट बेडका साथै ह्यान्ड स्यानीटाईजर एवं ह्यान्ड वाशिंग स्टेसन सहयोग गरेको छाया नेपालका प्रतिनिधि शाहले बताए ।
छाया नेपालले निर्माण गरेका केहि स्वास्थ्य केन्द्र एवं विद्यालयहरुमा आइसोलेसन एवं क्वारेंटाइन सेन्टर पनि संचालन गरिएका छन ्। यसका साथै छाया नेपालका कार्यकारी निर्देशक कमल थापाले २ हजार १०० भन्दा बढी न्यून आय भएका अपांग तथा दलित परिवारहरुलाई खाधान्न सहयोग गरि सकेको कुराको जानकारी गराएका छन । छाया नोपलले बिगत ५ पाँच वर्ष देखि शिक्षा, स्वास्थ्य तथा बातावरण क्षेत्रमा विभिन्न परियोजनाहरु संचालन गर्दै आएको छ ा

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.