Take a fresh look at your lifestyle.
npa 9 suchana

प्रहरी नायव निरीक्षक यादव माथि छानविन शुरु

gadhimai nagar palika ko suchana
suchana gadhimai

, रौतहट, २३ असार ।
अबैध रकम प्रकरणमा प्रहरी नायव निरीक्षक मदन प्रसाद यादव माथि छानविन शुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
जिप्रकाका प्रहरी नायव उपरिक्षक उमाशंकर प्रसाद यादवको नेतृत्वमा छानविन समिति गठन गरी छानवीन प्रक्रिया अगाडी बढाइएको हो ।
इलाका प्रहरी कार्यालय बन्जरहामा कार्यरत तत्कालिन प्रहरी नायब निरीक्षक यादवले भारतीय नागरिकको एसबिआई बैंकमा रहेको खातामा लगभग १८ लाख भारतीय रुपैया अनलाईन ट्रान्सफर गराएर त्यहाँबाट खाताधारीहरु मार्फत झिकेर उक्त अबैध रकम नेपाल ल्याएको गम्भीर आरोप उनी माथि लागेका छन ।
जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटमा इशनाथ नगरपालिका १ का ओमप्रकाश साह, उमेश प्रसाद र भारत फुलबरिया ढाकाको राजाबाबु कुमारले दिएको छुटाछुटै उजुरीमा सई यादवले विश्वास जितेर भारतमा रहेका आफन्तहरुको खाता नम्वर माग्न लगाएर दिएको तर उक्त खातामा झण्डै १८ लाख भारतीय रकम जम्मा गराए ।
भारतीय खाताधारीहरुको एनआईएले खाता ब्लक गरेर अनुसन्धान सुरु गरेपछि ति व्यक्तिहरु भागेर नेपाल आई आफन्तलाई सबै कुरा बताएपछि सई मदन प्रसाद यादवको पोल खुलेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.