Take a fresh look at your lifestyle.
npa 9 suchana

विरोधका वाबजुद आज प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर , पाठकलाई सहज स्वीकार

gadhimai nagar palika ko suchana
suchana gadhimai

विरोधका वाबजुद आज प्रमुख प्रशासकीय अधिकृत यादव हाजिर , पाठकलाई सहज स्वीकार
रौतहट, ८ पुस ।
रौतहटका दुईवटा स्थानीयतहमा रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत पदमा आईतवार हाजिर भएका छन् ।
१८ वटा स्थानीय तह मध्ये दुई वटा मात्रै गाउँपालिका रहेका छन् । धेरै दिन देखि रिक्त रहेका प्रमुख प्रशासकीय अधिकृत द्धय आज हाजिर भएका हुन् ।
दुर्गा भगवती गाउँपालिकामा परमान्द पाठक सहज रुपमा हाजिर भएको छ । यमुनामाई गाउँ पालिकामा ओमप्रकाश यादव सुरक्षाकर्मीको सहयोगमा हाजिर भएको छ ।
यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा रहेका ओमप्रकाश यादवलाई गाउँपालिका प्रमुखको सिपारिसमा हटाएर सुबोध कुमार महतोलाई जिम्मेवारी दिएको थियो ।
महतो यमुनामाईमा हुने गरेको अनियमितता लाई सहन नसकी आफनो सरुवा गराएको कार्यालय श्रोतबाट थाहा हुन आएको छ ।
महतो गए पछि रामश्रेष्ठ यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम काज गर्न संघिय तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको लगतै ओमप्रकाशलाई यमुना माई गाउँ पालिकामा पठाइएका हुन । विगत तिन महिनामा ३ वटा प्रमुख मन्त्रालयले पठाएर समस्या सिर्जना गराएको छ ।
पुनः ओमप्रकाश यादव यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गराएर आउदा गाउँपालिका अध्यक्ष सहित वडाध्यक्षले हाजिर गर्न दिएको थिएन ।
हाजिर गर्न अवरोध गरेर पछि उच्च अदालतको शरणमा जाँदा हाजिर गराउन गाउँपालिकालाई निर्देशन दिएको हो । अदालतको आदेश लिएर जादाँ पनि हाजिर नगराए पछि आज सुरक्षाकर्मीहरु संहयोगमा हाजिर भएको छ । यादवलाई हाजिर नगराउन विरोध भइ रहेको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.