

गरुडा नगर पालिकामा अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार
, रौतहट १६ असार ।
गरुडा नगर पालिकामा १३ करोड ५३ लाख ५९ हजार वेरुजु भएको छ । आ.व २०७९।०८० सो परिमाणको वेरुजु भएको महालेखा परिक्षकको कार्यालय काठमाण्डौले जनाएको छ ।
त्यसमध्ये असुल गर्नु पर्ने १ करोड ५२ लाख १९ हजार रहेको छ । प्रमाण र कागज नै पेश नगरी ४ करोड १४ लाख ४२ हजार भुक्तानी गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । .३ करोड १४ लाख ६४ हजार नियमित गर्नु पर्र्ने र पेश्की बाँकी रु. ४ करोड ७२ लाख ३२ हजार समेत गरी रू.१३ करोड ५३ लाख ५९ हजार वेरुजु कायम रहेको प्रतिवेदनमा उल्लेख छ । गरुडा नगर पालिकामा गत वर्ष सम्ममा रु. ५६ करोड २८ लाख ५० हजार वेरुजु बाँकी रहेकोमा हालसम्मको अद्यावधिक बेरुजु ६९ करोड ८२ लाख ०९ हजार रहेको छ ।