Take a fresh look at your lifestyle.
npa 9 suchana

अश्लिल शब्द प्रयोग भएका भोजपुरी गित नबजाउन आग्रह

gadhimai nagar palika ko suchana
suchana gadhimai
रौतहट , असार १०  ।    रौतहटमा अश्लिल शव्द प्रयोग भएका र दोहोरो अर्थ लाग्ने भोजपुरी गितहरु सार्वजनिक स्थलहरुमा तथा एफएम रेडियोहरुमा नबजाउन का लागी अभियान थालिएको छ ।

गौरको सार्वजनिक स्थलहरुका अश्लिल शब्दहरु भएका  भोजपुरी गित बजाउन प्रतिबन्ध लगाउन  अनुरोध गर्दै बिधार्थी, युवाहरुले र्याली समेत निकालेका छन ।

मान्छेको  अंगको  दोहरो अर्थ लाग्ने अश्लिल भोजपुरी गितहरु बिवाह समारोह, मनोरन्जनका कार्यक्रम, पान पसल हरुमा बज्न थालेपछि गौरका संचारकर्मी चचल झाले यस्ता कृयाकलाप रोक्नका लागी अभियान थालेका हुन ।

अश्लिल भोजपुरी गति बजाउन रोक लगाउन भन्दै झाको नेतृत्वमा रहेको एक टोलीले करीव एक महिना अघि जिल्ला प्रहरी कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र समेत बुझाएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना

जिल्ला प्रशासन कार्यालयले जिल्लाका सातवटा एफएम रेडियोहरु लाइ पत्राचार गर्दै  मानव अगको दोहोर अर्थ राख्ने अश्लिल शव्द राखिएका भोजपुरी गितहरु प्रशारण नगर्न निर्देशन दिएको छ ।

समाजमा बिकृती फैलाउने गितहरु तथा अश्लिल शव्द भएका गितहरु कुनै पनि सार्वजनिक कार्यक्रमहरुमा तथा सार्वजनिक स्थलहरुमा नबजाउनका लागी रौतहटका साहयक सिडिओ धर्मानन्द जोशीले सुचना नै निकालेर निर्देशन दिएका हुन ।

जिल्ला प्रशासनले सुचना जारी गरेपनि त्यस्ता गितहरु बज्न रोकिएको पाइदैन । ठुलो आवाजमा डिजे बजाउने तथा सार्वजनिक स्थलमा अश्लिल भोजपुरी गित बजाउन रोकिएको छैन ।

दोहोरो अर्थ लाग्ने गित नवजाउ, छोरीचेली लाइ बिधालय जान तथा सार्वजनिक कार्यक्रममा सहजरुपमा सहभागी हुने वातावरण बनाउ जस्ता नारा लगाउदै गौर बजारमा र्याली निकालिएको थियो ।

यमुनामाई गाउँ पालिकाको सुचना
Leave A Reply

Your email address will not be published.