जिल्ला प्रशासन कार्यालय रौतहटको सुचना जारी भन्दा १८ घण्टा अगावै सिमा नाका वन्द भन्सार प्रमुखले गरेको कारण भारतीय नागरिक लगायत नेपाली नागरिक पिडामा
जिल्ला प्रशासन कार्यालय रौतहटको सुचना जारी भन्दा १८ घण्टा अगावै सिमा नाका वन्द भन्सार प्रमुखले गरेको कारण भारतीय नागरिक लगायत नेपाली नागरिक पिडामा
, रौतहट १० बैशाष ।
गौर भन्सार कार्यालय रौतहटका प्रमुख अर्मेन्द्र सिहले सर्व साधारण जनतालाई दुःख दिदै आएको छ । छिमेकी मुलुकमित्र राष्ट्र भारत विहार राज्यको सितामढी र पूर्वी चम्पारण जिल्लामा २०।०५।२०२४ र २५।०५।२०२४ तारिखमा हुने लोक सभा निर्वाचन शान्तिपुर्ण वातावरणमा सम्पन्न गर्न १२।०४।२०२४ तारिखमा नेपाल भारत सिमा सयुतm समन्वय समितिको बैठकबाट रौतहट जिल्ला सँग जोडिएको भारत विहार राज्य सितामढी र पुर्वी चम्पारण सिमामा निर्वाचन हुनु भन्दा ७२ घण्टा अगावै देखि जिल्लाको सिमा नाका वन्द हुने जिल्ला प्रशासन कार्यालय रौतहटबाट मिति २०८१।०२।०२ गतेमा परिपत्र गरे पनि गौर भन्सार कार्यालय रौतहटका प्रमुख अर्मेन्द्र सिहले जिप्रकाको परिपत्रलाई वेवास्ता गर्दै १८ घण्टा अगावै सिमा नाकामा वन्द गरेको कारण सर्व साधारण जनता र स्थानीयवासीहरुलाई दुःख दिएका हुन । १८ मई २०२४ (२०८१,०२।०५ गते रातको १२ वजे देखि २० मई २०२४ (२०८१।०२।०७ गते रातको १२ वजे सम्म र २३ मई २०२४ (२०८१।०२।१० गते रातको १२ वजे देखि २५ मई २०२४(२०८१।०२।१२ गते रातको १२ वजे सम्म सिमा नाका वन्द रहने जिप्रका रौतहटले सूचना जारी गरे पनि १८ मई २०२४ (२०८१,०२।०५ गते विहान ६ वजे देखि २० मई २०२४ (२०८१।०२।०७ गते रातको १२ वजे सम्म र २३ मई २०२४ (२०८१।०२।१० गते विहान ६ वजे देखि नै सिमा नाका वन्द गरी भन्सार प्रमुखले यात्रीहरुलाई दुःख दिएका हुन । जिप्रकाले सुचना जारी गरेको समय अवधि भन्दा १८ घण्टा अगाडी नै भन्सार प्रमुख सिहको मनोमानी वन्दका कारण भारतका हजारौ मतदाताहरु नेपालमा वस्न वाध्य भई निर्वाचनमा मत दिनबाट समेत वञिचत भएका हुन । भारतमा रहेका नेपालीहरु समेत भारतबाट आउन नपाई आर्थिक भार समेत खेप्नु परेको बताइएको छ । जिप्रका का प्रमुख जिल्ला अधिकारी हिरा लाल रेग्मी सँग सम्पर्क गर्दा भारतीय सुरक्षाकर्मीको आदेशमा बन्द गरेको होला उहाँले भने । भन्सार प्रमुख सिहसँग सम्पर्क गर्दा भारतीय सिमा बन्द गरेकोले नेपाली सिमा बन्द भएको उनले बताए ।